अछाम । अछाममा बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नं ७ पुल्लेतोलाकी एक ३९ बर्षिया महिलालाई बलात्कार गरेको आरोपमा सोही ठाउँका २२ बर्षीया महेश बटाला र ४५ वर्षका जगत रावललाई अछाम प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय अछाममा फागुन २६ गते पीडित पक्षले उजुरी दिएको आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी जनक बहादुर बोहोराले जानकारी दिनुभयो ।
अहिले अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । बलात्कारबाट गर्भवती बनेकी महिलाको पेटमा ४ महिनाको गर्भ समेत रहेको बुझिएको छ । यसबाट बलात्कार भएको चार महिनापछि उजुरी परी उजुरीका आधारमा दोषीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पीडित महिलाको जिल्ला अस्पताल अछाममा स्वास्थ्य परीक्षण गरिएको छ । परीक्षणको रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।