भारतको दुधुवा नेशनल पार्कभित्र कञ्चनपुरका एक युवक रुखमा झुण्डिएको अवस्थामा मृत फेला

भारतको दुधुवा नेशनल पार्कभित्र कञ्चनपुरका एक युवक रुखमा झुण्डिएको अवस्थामा मृत फेला

भारतको दुधुवा नेशनल पार्कभित्र कञ्चनपुरका  एक युवक मृत अवस्थामा फेला परेका छन्।  मृत फेला पर्नेमा कञ्चनपुरको पुनर्वास नगरपालिकाको विकास बस्ती बस्ने २२ वर्षीय कनैया कडायक रहेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रहरी निरीक्षक राजेश शाहीकाअनुसार मंगलबार घरबाट हराएका कडायकको शव साँझपख दुधुवा नेशनल पार्कको करिब १ किलोमिटर भित्र फेला परेको हो। 

उनले रुखमा झुण्डिएको अवस्थामा कडायक फेला परेको बताउँदै  भारतीय प्रहरीले शव परीक्षणका लागि पलिया लगेको जानकारी दिए।  बुधबार शव परीक्षणपछि परिवारको जिम्मा लगाउने तयारी भारतीय प्रहरीको छ। कडायक मृत भेटिएको घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दुधुवा नेशनल पार्क भित्र यसअघि पनि गोली हानेर हत्या गरेको अवस्थामा कञ्चनपुरकै एकजनाको शव फेला परेको थियो।