कैलालीमा बेवारिसे अवस्थामा फेला परेको मोटरसाईकल सवारी धनीलाई बुझाईयो

कैलालीमा बेवारिसे अवस्थामा फेला परेको मोटरसाईकल सवारी धनीलाई बुझाईयो

धनगढी । कैलालीमा बुधबार बिहान बेवारिसे अवस्थामा फेला परेको मोटरसाईकल सवारी धनीलाई बुझाईएको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ५ गेटामा बेवारिसे अवस्थामा भेटिएको सु.प.प्र.०१-००९ प ३२२० नम्बरको मोटरसाईकल सवारी धनी गोदावरी नगरपालिका वडा नम्बर १० बस्ने देव बहादुर कामीलाई बझाईएको हो ।

अस्थाई ट्राफिक प्रहरी पोष्ट गेटाको नियन्त्रणमा रहेको मोटरसाईकल आवश्यक कागजपत्र चेकजाँच गरि सम्बन्धित सवारी धनिलाई अस्थाई ट्राफिक प्रहरी पोष्ट गेटामा कार्यरत प्रहरी सहायक निरिक्षक राजेन्द्र बहादुर बिष्ट बझाएका हुन ।