बझाङमा जनगणना कार्यालय स्थापना

बझाङमा जनगणना कार्यालय स्थापना

बझाङ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औं जनगणना २०७८ देशभर सञ्चालन हुँदैछ । जनगणनाको तयारीका लागि बझाङमा कार्यालय स्थापना भएको छ । अहिले जनगणनाको लागि प्राविधिक तयारी भइरहेको छ । सुपरीवेक्षकले २०७८ वैशाख २६ देखि जेठ १४ गतेसम्म घरपरिवार सूचीकरण गर्नेछन ।

गणकले जेठ २५ गतेदेखि असार ८ गतेसम्म गणना गर्ने छन । जिल्लामा जनगणना २०७८ का लागि ८४ सुपरीवेक्षक र २ सय ७६ जना गणक गरी ३ सय ६० जना जनशक्ति परिचालन हुने जिल्ला जनगणना अधिकारी दिपेन्द्र सिंह धामीले बताए । जिल्लामा एउटा मुख्य कार्यालय र अन्य तीन ठाउँमा इलाका कार्यालय रहेका छन ।

धामीका अनुसार जिल्ला जनगणना कार्यालय चैनपुरले जिल्लाका जयपृथ्वी नगरपालिका, खप्तडछान्ना, मष्टा, छविसपाथीभेरा र सुर्मा गाउँपालिकालाई हेर्ने भएको छ । केदारस्युँ गाउँपालिका अन्र्तगत रहेको कार्यालयले केदारस्युँ, र्दुगाथली र थलारा गाउँपालिकालाई हेर्ने छ भने तलकोट गाउँपालिका अन्र्तगत रहेको जनगणना कार्यालयले तलकोट र साइपाल गाउँपालिका हेर्ने भएको छ ।

यस्तै बुंगल नगरपालिकामा रहेको कार्यालयले बुंगल नगरपालिका र वित्थडचिर गाउँपालिका हेर्ने भएको छ । जनगणनालाई छिटो, छरितो र विश्वसनीय गराउन वडा तहसम्म विभिन्न समिति गठन गरिने भएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला जनगणना र समन्वय समितिका प्रमुखको संयोजकत्वमा, सबै स्थानीय तहका प्रमुख, उपप्रमुख सदस्य रहने गरी जिल्लास्तरीय जनगणना सहजीकरण संयन्त्र गठन गरिने भएको छ ।

जिल्ला जनगणना समन्वय समिती संयोजक तथा प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले गणनामा खटिने सुपरीवेक्षक र गणकहरुको सुरक्षा व्यवस्था अनुगमन व्यवस्थापन संगै यो राष्ट्रिय अभियान भएकाले यसमा सबैले सहभागी भै राज्यलाइ सहि तथ्याङ्क उपलब्ध गराउन आग्रह गरेका छन ।

साथै २०७८ को जनगणनामा विगतको प्रश्नावली भन्दा यो जनगणनामा वडामा गएर सुपरीवेक्षकले सामुदायिक प्रश्नावली समेत सोधिने र जसमा वडा, गाउँटोल नाम, मुख्य र गैर कृर्षि उपज, वडाको राजश्व स्रोत, जातजाती, मातृभाषा, आर्थिक पुर्वाधार र विपदको अवस्था, बर्षभरी विपदका कारण मृत्यु भएका र वालिनाली क्षति भएको लगाएतका प्रश्नावलीहरु समेत समेटिएको छ । यस वर्ष जनगणनामा मुख्य प्रश्नावली ३ वटा र ३७ वटा महल सम्म प्रश्न समावेश गरिने भएको छ ।