नेपालमा पछिल्लो २४ घण्टामा ९४ जना कोरोना संक्रमित थपिए, ५५ जना निको

नेपालमा पछिल्लो २४ घण्टामा ९४ जना कोरोना संक्रमित थपिए, ५५ जना निको

नेपालमा कोरोना भाइरसका ९४ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा दुई हजार ७८१ आरटीपीसीआर परीक्षण गरिएकाे जनाएकाे छ ।

याेसँगे नेपालमा ९४ जना सङ्क्रमित थपिएसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ५१८ पुगेको छ । यस्तै, नेपालमा ५५ जना निको भएको जनाएको छ ।

हालसम्म निको भएकाको संख्या दुई लाख ७१ हजार ५५० पुगेको छ । मन्त्रालयले हाल ९५४ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ ।