आज देशभरको मौसम यस्तो रहने छ, कसन ठाउँमा कस्तो ?

आज देशभरको मौसम यस्तो रहने छ, कसन ठाउँमा कस्तो ?

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।  महाशाखाका अनुसार आज देशमा पश्चिमी वायुको प्रभाव रहेको छ।

यस्तै, हाल  सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनि प्रदेशमा  आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । 

महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनि प्रदेशमा, बागमती प्रदेश र प्रदेश नं १का पहाडी भूभागमा  आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ।

साथै, देशको पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, आज राति देशभरी आंशिक देखि सामान्य बदली  रहने छ। भने, देशको पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ ।