एमाले संसदीय दलको बैठक बालुवाटारमा जारी

एमाले संसदीय दलको बैठक बालुवाटारमा जारी

नेकपा एमालेले संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार केही समयअघि बालुवाटारमा संसदीय दलको बैठक सुरु भएको हो ।

संसदीय दलको बैठकमा झलनाथ खनाल-माधवकुमार नेपाल समूह भने सहभागी भएको छैन । बैठकमा समसायिक परिस्थितिबारे, संसद्लाई कसरी प्रभावकारी बनाउने भन्ने र पार्टीको समस्याहरूलाई कसरी निराकरण गर्ने भन्नेबारे छलफल हुने बताइएको छ ।

एमाले पार्टीभित्र पछिल्लो समय विवाद उत्कर्षमा पुगेको छ । असन्तुष्ट माधवकुमार नेपाल र झलनाथ खनाल समूहले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिरहेको बेलामा ओलीले संसदीय दलको बैठक बोलाएका हुन् ।