साउदीले माग्यो ५० नेपाली कामदार तलब कति ?

साउदीले माग्यो ५० नेपाली कामदार तलब कति ?

साउदीको जीजान सहरमा रहेको मोहमेद अब्दुल एजीज मोहमद अल फेयेज स्ताब्लीजमेन्ट कम्पनीले नेपाली कामदारको माग गरेको छ । कम्पनीले लेबर कामका लागि ५० जना पुरुष कामदारको माग गरेको हो । 

योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले तलब खान बस्न सहित ४७ हजार बढि पाउने छन् । कामदारले हप्तामा ६ दिन र  दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । 

करार अवधि २ वर्षे रहेको छ । जान चाहने इच्छुक कामदारले फरेभर हुमन रेस्योकी सोलुसन प्रालिमा चैत्र ११ गते देखि १९ गते सम्म अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । 

त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।