नेपालमा पछिल्लो २४ घण्टामा १०७ जना कोरोना संक्रमित थपिए, १ को मृत्यु

नेपालमा  पछिल्लो २४ घण्टामा १०७ जना कोरोना संक्रमित थपिए, १ को मृत्यु

नेपालमा कोरोना भाइरसका १०७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा १०७ जना थपिएकाे बताएकाे हाे। तीनहजार २५४ जनाकाे परीक्षण गर्दा साे संख्यामा सङ्क्रमित थपिएका हुन् ।

याेसँगे नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ६२५ पुगेको छ ।  यस्तै, नेपालमा ६० जना निको भएको जनाएको छ । हालसम्म निको भएकाको संख्या दुई लाख ७१ हजार ६१० पुगेको छ ।

मन्त्रालयले हाल एकहजार जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ । पछिल्लो चौबीस घण्टामा एकजना सङ्क्रमितको मृत्यु भएकाे छ । याेसँगै नेपालमा अहिलेसम्म तीन हजार १५ पुगेकाे छ । नेपालमा ५२ जना क्वारेन्टिनमा छन् ।