केही ठाउँमा मेघ गर्जनसहित वर्षाको सम्भावना

केही ठाउँमा मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ | देशभर शुक्रबारको मौसममा पनि आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पहाडी भूभागको केही स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

शुक्रबार राति पनि देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशको पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन तथा चट्टयाङ्, हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्।