काँचो प्याज अचूक औषधि, गर्मिबाट कसरी बचाउँछ ?

काँचो प्याज अचूक औषधि, गर्मिबाट कसरी बचाउँछ ?

गर्मी शुरु भएसँगै मानिसहरुले खानपानमा विशेष ध्यान दिन्छन् । कयौं मानिस चिसो चीज बढी खान्छन् भने कयौं मानिस भोजन नै कम गर्छन् ।

केही मानिसले मौसम अनुसारको भोजन गर्छन् । यस्तै भोजन मध्ये प्याज पनि एक हो जो नेपाल, भारत लगायतका देशमा आलुपछि बढी प्रयोग गरिन खाद्य पदार्थमा पर्छ । लगभग सबैजसो भान्सामा प्याजको प्रयोग हुन्छ । 

प्याजका कयौं गुणहरु रहेका छन् । यो एक बेजोड खालको औषधि पनि हो । प्याजको प्रयोग धेरै रोगको उपचारको लागि हुने गरेको छ । 

यसको सेवनले इम्यसनिटी पावर बढाउछ । अनुहारमा नरम पन, आखाको ज्याती बढ्छ । प्याजमा कयौं पोषक तत्व हुन्छ । जस्तो भिटामिन सी, फलाम जस्ता बहुमुल्य खनिज पदार्थ पाइन्छ । 

प्याजमा लगभग ११ प्रतिशत कार्बोहाइड्रेट पाइन्छ । 

गर्मिबाट कसरी बचाउँछ ?

गर्मिमा तातो हावा चल्छ जसले लू लाग्ने सम्भावना हुन्छ । तर यसको समस्या आएपछि विरामी पर्ने निश्चित छ । यस्तो स्थितिमा काचो प्याज अचूक औषधि हो ।

काचो प्याजको रसले पैतालमा र हातको हत्केलामा दल्नु फाइदा जनक हुन्छ । यसका साथै जिउमा दल्दा पनि फाइदा हुन्छ । 

गर्मीमा अधिकांश मानिस डिहाइड्रेसनको पीडामा पर्छन् । दही, मोही आदीमा काचो प्याज मिसाएर खाएको खण्डमा राहत मिल्छ । 

पथरीको समस्या छ भने विहान खाली पेट दुई चम्चा काचो प्याजको रस पिउदा फाइदा पुग्छ । प्याजको रसलाई चिनिसँग घोले स्टोन बनाएर पिउदा स्टोन हटाउनलाई फाइदा पुग्छ ।