'फर्स्ट धनगढी स्पिकर २०७७' को प्रथम र तृतीय उपाधि धनगढीको एक्सिस कलेजलाई

'फर्स्ट धनगढी स्पिकर २०७७' को प्रथम र तृतीय उपाधि धनगढीको एक्सिस कलेजलाई

धनगढी । नास्ट कलेज धनगढीमा अध्ययनरत बिबिए संकायका विद्यार्थीहरूको 'फ्यूचर इन्टरप्रनुअर्स क्लब' द्वारा आयोजित 'फर्स्ट धनगढी स्पिकर २०७७' वक्तृत्वकला प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ । 

बिहीबार निर्माण व्यवसायी संघ धनगढीको सभा हलमा 'फ्यूचर इन्टरप्रनुअर्स क्लब' का अध्यक्ष देवराज कँडेलको अध्यक्षतामा सम्पन्न 'फर्स्ट धनगढी स्पिकर २०७७' वक्तृत्वकला प्रतियोगिताको ग्राण्ड फिनालेमा एक्सिस कलेजका दर्पण शर्मा प्रथम भएका छन् । नास्ट कलेजकी नबिना पाण्डेय दृतीय भएकी छन् भने, एक्सिस कलेजकी सिद्धि पन्त तृतीय भएकी छन्।  

प्रतियोगिताको फाइनलमा धनगढी उप-महानगरपालिकाका उपमेयर सुशीला मिश्र भट्ट प्रमुख अतिथिको रूपमा उपस्थित रहनुभएको थियो भने, नास्ट कलेजका प्राचार्य शिवहरि शर्मा मुडभरी र कुमारी बैंकका बजार व्यवस्थापक प्रमुख खडकबहादुर रोकाया विशिष्ट अतिथिको रूपमा उपस्थित रहेका थिए। साथै निर्णायक मण्डलमा शान्ति भट्ट, गुप्ता भट्ट र त्रिलोकप्रसाद जोशी रहेको एक्सिस कलेज शिक्षक घनश्याम मलासीले जानकारी दिए ।