कांग्रेस नेता जोशीको उपचारमा १० लाख रूपैयाँ सहयोग गर्ने सरकारको निर्णय

कांग्रेस नेता जोशीको उपचारमा १० लाख रूपैयाँ सहयोग गर्ने सरकारको निर्णय

नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारमा १० लाख रूपैयाँ सहयोग गर्ने सरकारले निर्णय गरेको छ ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले जोशीको उपचारमा १० लाख रूपैयाँ सहयोग गर्ने निर्णय गरेको उपप्रधानमन्त्री ईश्वर पोखरेलले जानकारी दिए ।

नर्भिक अस्पतालमा उपचाररत जोशीको स्वास्थ्य अवस्था बुझ्न थापाथली पुगेका उपप्रधानमन्त्री पोखरेलले सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको परिवारजनलाई जानकारी गराएका छन् ।

जोशीलाई भेन्टिलेटरमा राखिएको छ । उनको स्वास्थ्य अवस्था गम्भीर तर स्थिर रहेको अस्पतालले जनाएको छ ।