नेपालमा पछिल्लो २४ घण्टामा १२५ जना कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा १२५ जना कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा १२५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा ३ हजार १ सय ६१ नमुनाको पीसीआर परीक्षण भएको छ ।

यस्तै, शुक्रबार १२३ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा निको हुनेहरुको संख्या २ लाख ७१ हजार ७ सय ३३ पुगेको छ । मुलुकभर १ हजार १ जना संक्रमित आइसोलेसनमा रहेका छन् भने ५१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २२ लाख ३० हजार ७ सय ८ पीसीआर परीक्षण भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ३ हजार १६ पुगेको छ ।