धनगढी । मञ्जुश्री फाइनान्स लिमिटेड धनगढी शाखाले, धनगढी- १, नैनादेवी चोक स्थित “को को रेस्टुरेन्ट” र धनगढी- ०४, चटकपुर स्थित “शिवम ट्रेडिङ एण्ड सप्लायर्स ” लाई क्युआर कोड प्रदान गरेको छ । नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले फाइनान्सले क्युआर कोड सुविधा सुचारु गरेको हो ।
साथै फाइनान्स लिमिटेडको धनगढी शाखा कार्यालयले डिजिटल बैंकिङलाई प्रभावकारी बनाउने उद्देश्यले क्युआर कोड भुक्तानी सेवा (Smart Teller Service) समेत सुरु गरेको छ । यस सेवाबाट ग्राहकहरूले मोबाइल बैङ्किङ एपको प्रयोग गरी क्युआर स्क्यान मार्फत बिना चेक आफ्नो बचत खाताबाट प्रति दिन रु १ लाख र प्रति महिना रु ५ लाख सम्मको भुक्तानी लिन सक्नेछन् ।
यस फाइनान्सले उच्चतम ब्याजदरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाह गर्नुका साथै ग्राहकहरूलाई रेमिटेन्स, मोबाइल बैङ्किङ, एटिम कार्ड लगायतका विभिन्न आधुनिक बैङ्किङ सुविधाहरू समेत उपलब्ध गराउँदै आएको छ ।
मञ्जुश्री फाइनान्स लिमिटेड केन्द्रीय कार्यालय, नयाँ बानेश्वर काठमाण्डौंमा रही न्युरोड काठमाडौँ ,नारायणगढ, बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज , धरान, पोखरा तथा बिरगञ्ज शाखाबाट कारोबार गरी रहेको राष्ट्रिय स्तरको वित्तीय संस्था हो ।