सुदूरपश्चिमका धर्मेन्द्र सुनारको 'द भ्वाइस अफ नेपाल' मा दमदार प्रस्तुती

सुदूरपश्चिमका धर्मेन्द्र सुनारको 'द भ्वाइस अफ नेपाल' मा दमदार प्रस्तुती

धनगढी । बाजुराको बुढीनन्दा नगरपालिका–२ कोल्टीका २४ वर्षीय धर्मेन्द्र सुनार 'द भ्वाइस अफ नेपाल' मा छनौट भएका छन्। उनी हिमालयन टेलिभिजनबाट प्रशारण हुने भ्वाइस द भ्वाइस अफ नेपालको सिजन ३ का लागि छनौट भएका हुन।

डिजिटल अडिसन पछि जजले उनको स्वर तथा कलालाई मन पराएपछि द भ्वाइस अफ नेपालको टिम कोल्टीमै पुगेर उनीलाई लगेको थियो।

शुक्रवार साँझ मात्र ब्लाइन्ड अडिशनमा उनले आफ्नो प्रस्तुति देखाएका थिए। उनले आफ्नो प्रस्ततीबाट ४ वटै जजहरुलाई आफुतिर फर्काउन सफल भएका थिए ।

उनको प्रस्तुतिलाई मन पराएर सामाजिक सञ्जालमा उनी निकै चर्चित बनेका छन्।  धर्मेन्द्र विगत १२ वर्षदेखि सांगितिक क्षेत्रमा रहेका छन्। 

May be an image of 2 people and wrist watch