८ कक्षा पढेका सर्जन, दाह्री काट्ने ब्लेडले सर्जरी

८ कक्षा पढेका सर्जन, दाह्री काट्ने ब्लेडले सर्जरी

भारतमा ८ कक्षामात्र पढेका आफूलाई चिकित्सक बताउने व्यक्तिले गर्भवती महिलाको सर्जरी गरेका छन् । उनले सर्जरीमा दाह्री काट्ने ब्लेड प्रयोग गरेका थिए ।

३० वर्षका यी व्यक्तिले गरेको यो सर्जरीमा आमाको अधिक रक्तस्राव भएर उनको निधन भएको छ । यो सर्जरी गर्ने राजेन्द्र शुक्ला ८ कक्षामात्र पढेको प्रमाणित भएको टाइम्स अफ इन्डियामा समाचार छापिएको छ ।

प्रहरीले यी व्यक्तिलाई कारवाहीका लागि पक्राउ गरिसकेको छ ।