जन्मियो अनौठो बच्चा : आधा मानिस, आधा माछा

जन्मियो अनौठो बच्चा : आधा मानिस, आधा माछा

भनिन्छ, भगवानको लीला अपरम्पार छ । जसलाई आजसम्म कसैले पनि बुझ्न सकेका छैनन् । यो श्रृष्टिमा कहिले के हुन्छ, यो कुरा कसैलाई थाहा छैन । तर विज्ञानले भने अहिले धेरै प्रगति गरिसकेको छ । र पनि अहिलेसम्म केहि कुराको उत्तर दिन विज्ञन असमर्थ छ ।

चिकित्सा क्षेत्रमा हरेक दिन नयाँ नयाँ प्रयोग गरिन्छ र केहि गम्भीर रोगको उपचार पनि । तर केहि कुरा यस्ता पनि छन्, जो देखेर डाक्टर पनि चकित छन् । एउटा यस्तै घटना भारतको हैदराबादमा पनि देखिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार हैदराबादको एक अस्पतालमा अनौठो बच्चाको जन्म भएको छ । यो बच्चा आधा मानिस र आधा माछो जस्तो देखिन्छ । हैदराबादको पेटलाबुर्ज म्याटरनिटी हस्पिटलमा यो बच्चाको जन्म भएको हो ।

बच्चा देखेपछि सबै जलपरी भनिरहेका छन् । यो देखेर डाक्टर पनि चकित भएका छन् । यो एक रेयर बिमारी हो । जो १० लाखमा कोहि एकलाई हुनसक्छ । यसलाई मरमेड सिन्ड्रोम भनिन्छ ।