बुङगलमा ईन्टरनेटले काम नगर्दा सेवाग्राही मार्कामा

बुङगलमा ईन्टरनेटले काम नगर्दा सेवाग्राही मार्कामा

बझाङ । बुङगल नगरपालिकामा ईन्टरनेटले काम नगर्दा सेवा प्रवाहमा समस्या आएको छ । नगरपालिकामा जडान गरिएको शिखर ईन्टरनेट दुई हप्ता देखि काम गरेको छैन । ईन्टरनेटले काम नगर्दा नगरपालिका तथा बैंकले दिने सेवा प्रवाहमा समस्या आएको हो । ।

ईन्टरनेटले काम नगर्दा नगरपालिका बाट दिईने सेवा प्रभावित भएको लेखापाल मुकेश थापाले बताए । उनले भने स्वास्थ्य, प्रशासन, लेखा र पञ्जिकरण शाखामा बढी जसो ईन्टरनेटको काम हुन्छ । अहिले योजनाका कामको पनि चाप उत्तिकै छ । कार्यालयमा केहि योजनाको पेस्की दिने र केहि योजना सम्पन्न भई अन्तिम भुक्तानी गर्ने काम भईरहेको छ ।

सेवाग्राहीको भिड छ । ईन्टरनेटले काम नगर्दा मोवाईल बाट डाटा प्याक लिएर सेवा दिई रहेका छौँ । डाटाले पनि राम्ररी काम नगर्दा सेवा प्रवाहमा समस्या भएको छ । सेवाग्राहीले काम गरिदिनु पर्यो भनेर हैरान परेका छन । ईन्टरनेट छैन भन्दा सेवाग्राही झर्किन्छन ।

आधाआधि त ठिकै छ भनेर जान्छन । कोहि कोहि त ईन्टरनेट छैन भनेर हाम्रो काम गर्न नचाहेको हो कि घुस माग्न खोजेको भनेर थर्काउछन । ईन्टरनेट सेवा प्रभावित हुँदा सास्ती खेप्नु परिरहेको उनको भनाई छ । कृषि विकास बैक बुङगल शाखाले ईन्टरनेट छैन भन्दै सेवाग्राहीलाई फर्काउने गरेको छ ।

योजनाको रकम भुक्तानीका लागी बैक पुगेका बुङगल नगरपालिका वडा नं २ लौनेका धन बहादुर धामीले ईन्टरनेट नभए पछि रित्तो हात फर्किएको बताए । उनले भने योजनाको रकम भुक्रानीका लागी ६ घण्टा हिडेर नगरपालिकाको कार्यालयमा आए । नगरपालिकाको कार्यालयमा जेनतेन गरेर काम भयो । तर बैकमा पुग्दा ईन्टरनेट छैन भन्दै फर्काए । योजना सानै हो । रकम पनि थोरै छ ।

सदरमुकाम चैनपुर गएर चेक साटौ भने चार पाँच हजार खर्च भै हाल्छ । ईन्टरनेट नहुँदा सास्ती खेप्नु परेको उनको भनाई छ । बैकिङ कारोवार नहुँदा व्यवसायीहरु पनि मारमा परेका छन । साहुले धनगडी बाट समानको पैसा पठाईदेउ भनेर फोन गरिरहेका छन । यता बैकमा ईन्टरनेट छैन ।

ईन्टरनेटले काम नगर्दा बैङकिङ कारोवार गर्न सदरमुकाम चैनपुर धाउनु पर्ने बाध्यता रहेको बुङगल नगरपालिका ४ विजगडाका व्यवसायी राम जाग्रीको भनाई छ । ईन्टरनेटले काम नगर्दा दैनिक जसो सेवाग्राही बैंक आउने र जाने गरेका छन ।