कस्तो रहला आज दिनभरको मौसम ?

कस्तो रहला आज दिनभरको मौसम ?

धनगढी । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ। हाल देशका प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहि अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वाअनुमान महासाखाले जनाएको छ ।

दिउँसोः देशको पहाडी भू-भागहरुमा  आंशिक देखी सामान्य बदली  रहि देशको बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ  । पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ। प्रदेश १ को पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शः

देशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्ग सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।