सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने

सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने

धनगढी ।  हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहि अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसोः सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहेने छ।  गण्डकी प्रदेश,कर्णाली र सुदूर पश्चचिम प्रदेशका थोरै  स्थानहरु र बाँकि प्रदेशका पहाडि भू-भागका एक दुइ स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महासाखाले जनएको छ । 

रातीः कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली  रहि देशका बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।  कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श:

देशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्ग सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखालेृ अनुरोध गरेको छ।