अपराध तिर उन्मुख हुँदै सुदूर, डडेल्धुरामा  आफ्नै श्रीमतीको हत्या गरेर श्रीमानले गरे प्रहरीलाई फोन !

अपराध तिर उन्मुख हुँदै सुदूर, डडेल्धुरामा  आफ्नै श्रीमतीको हत्या गरेर श्रीमानले गरे प्रहरीलाई फोन !

डडेल्धुरा । डडेल्धुरामा आफ्नै श्रीमतीको हत्या गरेर श्रीमानले प्रहरीलाई फोन गरेपश्चात् हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ । जिल्लाको नवदुर्गा गाउँपालिका–५ ठाँटाका २९ वर्षीय श्याम साउँद २८ वर्षीय श्रीमती मनीषा साउँदको हत्या गरेको अरोपमा पक्राउ परेका हुन। 

उनले डेढ फिटको चिर्पट हिर्काएर मनीषाको हत्या गरेको डडेल्धुराका प्रहरी नायब निरीक्षक राजेन्द्रबहादुर चन्दले बताए।  शनिवार दिउँसो ३ बजे साउँदले श्रीमतीको हत्या गरेर स्थानीय प्रहरी चौकीमा ७ बजे फोनबाट खबर गरेको उनले बताए।

श्रीमतीको हत्या गरेका साउँदलाई शनिवार राति नै प्रहरीले पक्राउ गरेर जिल्ला सदरमुकाम ल्याएको प्रहरी नायब निरीक्षक चन्दले बताए। उनले श्रीमान् श्रीमतीमा सामान्य घरायसी विवाद हुँदा श्रीमानले श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए।

‘श्रीमानले खबर गरेपछि प्रहरीको टोली त्यहाँ गएर हेर्दा मनीषाको मृत्यु भइसकेको थियो। पछि प्रहरी समक्ष श्यामले आफैँ हत्या गरेको स्वीकार गरेका थिए’ प्रहरी नायब निरीक्षक चन्दले भने। मृतक मनीषाको शव परीक्षणकाका लागि डडेल्धुरा अस्पताल डडेल्धुरामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।