देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले छुट्टै भेला राखेर दबाब बढाएपछि देउवाले पदाधिकारी बैठक बोलाएका हुन्। सभापति देउवाले आज (सोमबार) २ बजे बस्नेगरी पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक आह्वान गरेका छन्।

पौडेल पक्षको बैठकमा पछिल्लो राजनीतिक परिवेशमा कांग्रेसले निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल भएको थियो।