कञ्चनपुरमा दुई जना मात्र कोरोना सङ्क्रमित तर जोखिम उच्च

कञ्चनपुरमा दुई जना मात्र कोरोना सङ्क्रमित तर जोखिम उच्च

कञ्चनपुर । कञ्चनपुरमा कोरोना संक्रमित दुई जना मात्र रहेका छन् । जनस्वास्थ्य कार्यालय कञ्चनपुरले आज जिल्लामा दुई जना मात्र कोरोना पोजेटिभ रहेको जनाएको छ ।

कोरोना फोकल व्यक्ति शिद्धराज भट्टले जिल्लामा दुई जना मात्र सङ्क्रमित रहेको भए पनि पछिल्लो समय भारतमा कोरोना संक्रमण बढिरहेकाले सीमावर्ती जिल्ला र भारतबाट फर्कने व्यक्तिका कारण उच्च जोखिममा रहेकाले सबैले स्वास्थ्य मापदण्डको पालना गर्नु पर्ने बताउनभयो ।

उहाँले गड्डाचौकीबाट नेपाल आउने व्यक्तिहरूको एन्टीजेनट परीक्षणबाट कोरोना चेक जाँच गरिने व्यवस्था गरिएको समेत बताउनु भएको छ ।