ट्र्याक्टरको ठक्करबाट धनगढीमा दुई जना घाइते

ट्र्याक्टरको ठक्करबाट धनगढीमा दुई जना घाइते

धनगढी । धनगढी उपमहानगरपालिका ५ जाइमा ट्र्याक्टरले ठक्कर दिँदा २ जना पैदल यात्री घाइते भएका छन् । मटीयारी बाट जुगेडा गइरहेको से १ त ४६५२ नम्बर को ट्र्याक्टर ले ठक्कर दिँदा पैदल हिँडिरहेका आमा छोरा घाइते भएका हुन ।

ट्र्याक्टर चालक जुगेडा २२ वर्षीय अंशु राना र ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते आमा र छोराको निसर्ग अस्पतालमा उपचार भइरहेको घाइतेका भान्जा बलबहादुर महराले बताए ।