अछाममा मोवाईल चार्ज गर्ने क्रममा करेन्ट लागेर १५ वर्षिया बालिकाको मृत्यु

अछाममा मोवाईल चार्ज गर्ने क्रममा करेन्ट लागेर १५ वर्षिया बालिकाको मृत्यु

अछाम ।  मोवाईल चार्ज गर्ने क्रममा करेन्ट लागेर अछाममा एक बालिकाको मृत्यु भएको छ । मंगलसेन नगरपालिका १ मा करेन्ट लागेर १५ वर्षिया बालिकाको मृत्यु भएको छ। सोमबार राती ९ बजेतिर मोवाईल चार्ज गर्ने क्रममा १५ बर्षिया सपना नाथको मृत्यु भएको स्थानीय रामराज नाथले जानकारी दिए।

करेन्ट लागेर घाईते भएकी सपनालाई उपचारका लागि राती जिल्ला अस्पताल अछाममा लगीएको थियो। अस्पतालले भने राती नै मृत घोषणा गरेको थियो। मृतक सपना कुन्ति माविमा कक्षा ६ मा अध्ययनरत थिईन।