कैलाली आइपुगे व्हीलचियरमा मेची–महाकाली यात्रामा निस्किएका राम बहादुर

कैलाली आइपुगे व्हीलचियरमा मेची–महाकाली यात्रामा निस्किएका राम बहादुर

धनगढी । व्हीलचियरमा मेची–महाकाली यात्रामा निस्किएका रामबहादुर तामाङ गोले कैलाली आइपुगेका छन्। गत फागुन १५ गते काकँडभित्ताबाट यात्रा सुरु गरेका उनी २४औं दिनमा कैलाली प्रवेश गरेका हुन।

सिन्धुपाल्चोकको बलेसी गाउँपालिका–४ कफलबोट निवासी उनी अपाङ्गता भएका व्यक्तिलाई प्रेरित गर्ने उदेश्यका साथ यात्रामा निस्किएको बताए ।

उनले मेची–महाकाली यात्रालाई कञ्चनपुरमा टुङ्गयाउने बताएका छन् । उनको साथमा सहकर्मीको रुपमा मानबहादुर तामाङ साइकलमा यात्रा गरिरहेका छन् ।