माओवादी केन्द्रद्वारा नेकपा एकता खारेज गर्ने सर्वोच्चको फैसलाविरुद्ध पुनरावलाेकनमा जाने

माओवादी केन्द्रद्वारा नेकपा एकता खारेज गर्ने सर्वोच्चको फैसलाविरुद्ध पुनरावलाेकनमा जाने

नेकपा माओवादी केन्द्रले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता खारेज गरेर नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसला पुनरावलोकनका लागि निवेदन दिने तयारी गरेको छ ।

सर्वोच्चको फैसला राजनीतिक पूर्वाग्रही भएकाले यसको पुनरावलोकनका लागि निवेदन दिने तयारी भएको माओवादी केन्द्रका मुख्य सचेतक देव गुरुङले जानकारी दिनुभयो । संसदीय दलको कार्यालय सिंहदरबारमा यसबारे आज पनि माओवादी केन्द्रका अध्यक्षसहितका नेताहरुले कानुन व्यवसायीहरूसँग छलफल गरेका छन् ।

नाम विवादसम्बन्धी मुद्दामा ऋषि कट्टेलले दायर गरेको मुद्दामा सर्वोच्चले गएको फागुन २३ गते एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेको थियो । यो निर्णय राजनीतिक पूर्वाग्रहले भएको माओवादी केन्द्र र एमालेको खनाल-नेपाल समूहले बताउँदै आएको छ ।