कञ्चनपुरमा आगो लगायो मुद्दाका फरार प्रतिवादी २७ वर्षपछि पक्राउ

कञ्चनपुरमा आगो लगायो मुद्दाका फरार प्रतिवादी २७ वर्षपछि पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा आगो लगायो मुद्दाका फरार प्रतिवादी २७ वर्षपछि पक्राउ परेका छन्। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आगो लगायो मुद्दा खेपी २७ वर्षदेखि फरार कञ्चनपुरको साबिकको त्रिभुवन गाउँ विकास समिति ८ का ६५ वर्षीय लालबहादुर सायरलाई पक्राउ गरेको हो। 

उनलाई जिल्ला अदालत कञ्चनपुरले २०५२ असोज ३० गते ४ वर्ष कैद र ३५ हजार जरिवाना सजाय सुनाएको थियो। उनलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी कैद भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।