दार्चुलाको मालिकार्जुनमा पशु स्वास्थ्य शिविर

दार्चुलाको मालिकार्जुनमा पशु स्वास्थ्य शिविर

दार्चुला । दार्चुलाको मालिकार्जुनमा गाउँपालिकामा पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाको आयोजनामा गाउँपालिकाको वडा नम्बर ६ र ७ मा शिविर सञ्चालन गरिएको हो ।

विज्ञ केन्द्रले किसानहरुलाई गाई भैँसी, बाख्रालगायतका पशुहरुलाई निशुल्क औषधी वितरण गरेको बताइएको छ । शिविरबाट दुवै वडाका १ सय २ घरधुरी लाभान्वित भएका छन् ।