अत्तरीयामा युवक हत्यामा सलग्न मुख्य अभियुक्त सहित चार जना पक्राउ

अत्तरीयामा युवक हत्यामा सलग्न मुख्य अभियुक्त सहित चार जना पक्राउ

धनगढी : कैलालीको अत्तरियामा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या गर्ने मुख्य अभियुक्त सहित ४ जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।

शनिवार साँझ अत्तरीया महोत्सव हेरि फर्कर्ने क्रममा गोदावरी नगरपालिका १ का २० वर्षिय अरुण भट्टको धारिलो हतियार प्रहार गरी हत्या गर्ने र सघाउनेलाई सोमवार जिल्ला प्रहरी कार्यालय कैलालीमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेका मुख्य अभियुक्त गोदावरी नगरपालिका–२ का २१ वर्षिय विनोद ऐरले भट्टले धारिलो हतियार प्रहार गरी भट्टको हत्या गरेको कैलालीका प्रमुख प्रहरी उपरिक्षक आभुषण तिम्सिनाले बताए ।

डेबिट ऐरले मुख्य अभियुक्तलाई मोटरसाइकलमा राखेर भगाएको, मन्जु चौधरी र लोकेश खत्रीले आफ्नो डेरामा लुकाएको आरोपमा पक्राउ गरिएको तिम्सिनाले जानकारी दिए । उनीहरु चारै जनालाई आइतवार राती धनगढीमा रहेको मन्जु चौधरी र लोकेश खत्रीको डेरामा लुकिबसेको अवस्थामा पक्राउ गरिएको हो ।

पुरानो रिसईविका कारण भट्टको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी तिम्सिनाले बताए । मुख्य अभियुक्तलाई फौजदारी अपराध संहिता बमोजिक जन्मकैदको सजाय हुने र भगाउन सहयोग गर्नेलाई मुख्य अभियुक्तको आधा सजाय हुने प्रहरीले जानकारी दिएको छ ।