ग्लोबल आईएमई बैंकको शाखा मार्तडीमा विस्तार

ग्लोबल आईएमई बैंकको शाखा मार्तडीमा विस्तार

ग्लोबल आईएमई बैंक लिमिटेडले बाजुरा जिल्लामा पनि आफ्नाे शाखा विस्तार गरेको छ । बडीमालिका नगरपालिका –८, मार्तडीमा हिजो मंगलबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा बिस्तार ७६ औं जिल्लामा पुगेको आईएमईले जनाएको छ ।

ग्लोबल आईएमई बैंकले देशभर तथा विदेशमा गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६ जिल्लामा दुई सय ७० शाखा सञ्चालनमा ल्याइसकेको छ । यस्तै दुई सय ४२ एटीएम, दुई सय ५६ शाखारहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी आठ सय भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।

‘सबैका लागि बैंक’ भन्ने नारालाई सार्थकता दिँदै २२ लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको आईएमईले जनाएको छ ।