भारतबाट गौरीफन्टा नाका हुदैं कैलाली प्रवेश गरेका ११ जनामा कोरोना पुष्टि

भारतबाट गौरीफन्टा नाका हुदैं कैलाली प्रवेश गरेका ११ जनामा कोरोना पुष्टि

धनगढी । भारतका विभिन्न शहरबाट गौरीफन्टा नाका हुँदै कैलाली प्रवेश गरेका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो ४÷५ दिनमा गौरीफन्टा नाका भएर कैलाली प्रवेश गरेका ११ जनामा संक्रमण पुष्टि भएको हो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रशाद रिजालले ११ जनामा संक्रमण देखिएको पुष्टि गरे । भारतबाट फर्किरहेका नेपालीमा संक्रमण देखिन थालेपछि सतर्कता बढाइएको छ ।

यस्तै पश्चिमी सीमा नाका गड्डचौकी र डोके बजार भएर भारतबाट स्वदेश फर्कने यात्रुहरुको एन्टिजेन विधिबाट कारोना परीक्षण सुरु गरिएको छ। सीमा नाकाको हेल्थ डेस्कमा स्वास्थ्यकर्मीको व्यवस्था गरी परीक्षण सुरु गरिएको हो।