सुदूरपश्चिममा नेपाल स्काउटको सक्रियता बढ्दै, कोरोना नियन्त्रण गर्न फेरि एसएमएस कार्यक्रम

सुदूरपश्चिममा नेपाल स्काउटको सक्रियता बढ्दै, कोरोना नियन्त्रण गर्न फेरि एसएमएस कार्यक्रम

धनगढी । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण फेरि बढ्न थालेपछि सुदूरपश्चिममा पनि सतर्कता अपनाउन थालिएको छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि नेपाल स्काउट सुदूरपश्चिमले एसएमएस कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

प्रदेशका विभिन्न समुदाय र भिडभाड हुने स्थानमा जनचेतनामुलक कार्यक्रम लिएर जाने स्काउट सुदूरपश्चिमले जनाएको छ । स्काउटका सहायक अधिकृत राजेन्द्र बानियाका अनुसार प्रदेशका विभिन्न ठाउँमा स्वमंसेवकहरु खटाएर कोरोना सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरिने भएको हो ।

यसअघि पनि कोरोना संक्रमण फैलिएको समयमा पनि स्काउट सुदूरपश्चिम प्रदेशले एसएमएस कार्यक्रम सञ्चालन गरेको थियो । स्काउट सुदूरपश्चिम प्रदेश जनचेतनामुलक कार्यक्रम गर्न सधै प्रतिवद्ध रहेको बताईएको छ । साथै सरकारले तयार पारेको सुरक्षा मापदण्ड पालना गरि सबैलाई सुरक्षित रहन आग्रह गरिएको छ ।