आगामी तीन दिनको मौसम पूर्वानुमान

आगामी तीन दिनको मौसम पूर्वानुमान

धनगढी । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाकी भू-भागमा मौसम सामान्यतया सफा  रहेको छ।

चैत्र १२ गते (बिहीबार)

दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहि बाकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ।देशको पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहि बाकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ।

चैत्र १३ गते (शुक्रबार)

दिउँसो : प्रदेश न. १ को पहाडी भू-भागमा आंशिक बदली रहि बाकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ। प्रदेश न. १ को पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहि बाकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ ।

चैत्र १४ गते (शनिवार)

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक बदली रहि बाकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ।देशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशका पहाडी भू-भागमा आंशिक बदली रहि बाकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ।कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श:

देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही  पहाडी भू- भागका एक दुइ स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।