कञ्चनपुरमा लागुऔषध खैरो हिरोइनसहित २ जना पक्राउ

कञ्चनपुरमा लागुऔषध खैरो हिरोइनसहित २ जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा लागुऔषध खैरो हिरोइनसहित २ जना पक्राउ परेका छन्। कञ्चनपुरको बेलडाँडी बाट उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले कञ्चनपुरको बेलडाँडी गाउँपालिका २ मा कैलालीको धनगढी उपमहानरपालिका ४ उत्तरबेहडीका २४ वर्षीय कृष्ण बम र सोही स्थानका २५ वर्षीय बिक्रम बिकलाई लागुऔषध खैरो हिरोइन जस्तो देखिने ५ ग्राम, २ सय २० मिलिग्राम लागुऔषधसहित पक्राउ गरेको हो।

से ६ प ७८९ नम्बरको मोटरसाइकलमा सवार उनिहरूमाथि शंका लागेर जाँच गर्दा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए। उनिहरू विरूद्ध थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।