नेपाली लेगस्पिनर सन्दीपले इंग्ल्यान्डको टि २० ब्लास्ट खेल्ने

नेपाली लेगस्पिनर सन्दीपले इंग्ल्यान्डको टि २० ब्लास्ट खेल्ने

काठमाडौं । नेपाली लेगस्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्डको घरेलु टि-२० ब्लास्ट क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्। लामिछानेले वोर्सेस्टरशायर र्‍यापिड्सबाट इंग्ल्यान्डको घरेलु टी-ट्वान्टी क्रिकेट प्रतियोगिता‘भिटालिटी टी-ट्वान्टी ब्लास्ट’खेल्ने भएका हुन्।

वोर्सेस्टरशायर काउन्टी क्रिकेट क्लबले उनलाई २०२१ को सिजनका लागि अनुबन्धित गरिएको जनाएको छ। लामिछानेले टी-ट्वान्टी ब्लास्ट खेल्ने पहिलो नेपाली खेलाडी हुन्।

इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले आयोजना गरेको प्रतियोगिता जुन ९ देखि १८ सेप्टेम्बरसम्म हुनेछ।

यस अगाडि इंग्ल्यान्ड र वेल्समा हुने नयाँ फर्म्याटको क्रिकेट प्रतियोगिता ‘द हन्ड्रेड’ लामिछाने छनोट भइसकेका छन्। उनलाई ओभल इन्भिसिबल्सले टोलीमा भित्र्याएको हो। उनले विश्व चर्चित टि २० फ्रेन्चाइज लिग खेलिसकेका छन्।