चोरी मुद्दाका एक फरार अभियुक्त पक्राउ

चोरी मुद्दाका एक फरार अभियुक्त पक्राउ

कंचनपुर ।चोरी मुद्दामा तीन महिना कैद र रु.१०,०००।-  जरिवाना तोकिएका कंचनपुरका एक फरार अभियुक्त पक्राउ  परेका छ्न। जिल्ला प्रहरी कार्यालय कंचनपुरको मातहतबाट खटिएको प्रहरी टोलिले चोरी मुद्धामा संलग्न रहि फरार रहेका पुनर्वास नगरपालिका ०६ (ङ) गाउँ बस्ने मनिष बि.क.लाई उनकै घर ठेगानाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं डिएसपी अमर बहादुर थापाले बताए। कंचनपुर जिल्ला अदालतको मिति २०७७।१०।२७ गतेको फैसलाले उनलाई ३ महिना कैद रु १०,०००।- ( दश हजार) जरिवाना तोकेको थियो। उनलाई प्रहरीले लुकीछिपी बसेको अबस्थामा फेला पारी जिल्ला अदालत मार्फत कैद भुक्तानका लागि  लागी कारागार चलान गरीएको कंचनपुर प्रहरीले जनाएको छ ।