भागरथी हत्या प्रकरणः अभियुक्तको डीएनएसँग मेल खाएको रिर्पोट अदालतमा पेश

भागरथी हत्या प्रकरणः अभियुक्तको डीएनएसँग मेल खाएको रिर्पोट अदालतमा पेश

धनगढी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका ७ की भागरथी भट्टको भजाइनल स्वाबसँग अभियुक्तको डीएनए मेल खाएको रिर्पोट अदालतमा पेश गरिएको छ। 

केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले पठाएको रिर्पोट बिहीबार जिल्ला अदालत बैतडीमा पेश गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए। 

सिंहकाअनुसार सरकारी वकिल मार्फत रिर्पोट अदालतमा पेश गरिएको हो। भागरथीको भजाइनल स्वाबसँग पुर्पक्षका लागि बाल सुधार गृह डोटीमा राखिएका अभियुक्त दिनेश भट्टको डीएनए मिलेको थियो।  प्रहरीले बलात्कारपछि हत्या गरिएकी भागरथीको गुप्ताङ्गबाट संकलन गरेको भजाइनल स्वाब र अभियुक्त भट्टको डीएनए परीक्षणका लागि पठाएको एक महिनापछि रिर्पोट आएको हो। यो भागरथी हत्या प्रकरणमा सबैभन्दा बलियो प्रमाण भएको प्रहरी अधिकारीले बताएका छन्।