योगेश भट्टराईले ट्वीट गर्दै भने, ‘थोरै लचकता अपनाएमा पार्टीको एकता सम्भव छ’

योगेश भट्टराईले ट्वीट गर्दै भने, ‘थोरै लचकता अपनाएमा पार्टीको एकता सम्भव छ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता योगेश भट्टराईले पार्टीको एकता कायम गर्नका लागि सबैले आफ्नो स्थानबाट हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन् ।

आफ्ना गतिविधिमा थोरै मात्र पनि लचकता अपनाएर पार्टीको एकता कायम गर्न सकिने बताउँदै भट्टराईले आफ्ना समकक्षीहरुलाई आफ्नो स्तरको प्रयास गर्न आग्रह गरेका हुन् ।

भट्टराईले आफ्नो ट्वीटरमा ट्वीट गर्दै अवस्था बिग्रिएपछि झन् बढी क्षति हुने र मुलुकलाई दशकौंपछि धकेल्ने हुनाले आफ्नो वर्तमान क्रियाकलापमा संयमता अपनाउन आग्रह गरेका छन् ।

ट्वीटमा उनले इतिहासमा अतिवाद र अस्थीरताले निम्त्याएको समस्याहरुलाई मनन गर्न अनुरोध समेत गरेका छन् । उनले लेखेका छन्, ‘नेकपा एमालेको एकता कायम राख्न सबैले हरसंभब कोशिस गरौ । थोरै पनि लचकताबाट यो संभव छ । बिग्रे पछि हुने नोक्सानीले मुलुकलाई दशकौ पछि धकेल्ने छ । अतिबाद र अस्थिरताले के सम्म गर्छ निकट बिगतलाई सम्झे मात्र पुग्छ ।’