कञ्चनपुरमा अवैध काठ बरामद !

कञ्चनपुरमा अवैध काठ बरामद !

कञ्चनपुर । कञ्चनपुर प्रहरीले अवैध काठ र समान बरामद गरेको छ। बुधबार राति जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटिएको प्रहरीले टोलीले कृष्णपुर नगरपालिका–५ सुदर्शनस्थित बनदेबी सामुदायिक वन छेउमा अन्दाजी ३० क्यूफिट सालका २ वटा गोलिया वेवारिसे अवस्थामा बरामद गरेको हो। 

बरामद गरिएको काठ आवश्यक कारवाहीका लागि बनदेवी सामुदायिक बनमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाकाअनुसार  उल्टाखाम बस्ने ३० वर्षीय मनोज लुहारले चलाएको म १ ह ८०५ नम्बरको अटोमा सवार खोल्टी बस्ने ५२ वर्षीय मोती नेपालीले काठ लैजादै गरेको अवस्थामा बरामद गरिएको थियो।

बरामद गरिएको काठमा सालको ४ वटा गोलिया ६  फिटको काठ रहेको छ। काठ बोक्न प्रयोग भएको अटोसहित आवश्यक कारवाहीका लागि दुबै जनालाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जिम्मा लगाइएको  छ।