नेपालीलाई भारत प्रवेशमा रोक

धनगढी खबर    

नेपालीलाई भारत प्रवेशमा रोक

नेपालीहरूलाई भारत प्रवेशमा रोक लगाइएको छ । पछिल्लो समय भारतमा कोरोना भाइरसको सङ्क्रमणको दर बढ्न थाले पछि नेपालीहरूलाई भारत प्रवेशमा रोक लगाइएको हो ।  

पश्चिम सीमावर्ती बाँकेका स्थानहरूलाई किनमेलका लागि भारतीय सीमावर्ती शहर रुपैडिया जान रोक लगाइएको छ । भारतबाट कोरोना संक्रमण नेपाल भित्रिन सक्ने सम्भावनालाई मध्यनजर गरी सर्वसाधारणलाई किनमेलका लागि रुपैडिया जान रोक लगाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । 

साथै भारतबाट आएका नागरिकहरू १० दिन क्वारेन्टाइनमा बस्नु पर्ने छ । यो सँगै भारतबाट फर्किने नेपालीहरूका लागि स्वास्थ्य परीक्षणका लागि जमुनाह नाकामा स्वास्थ्य कक्ष पनि स्थापना गरिएको छ । 



शुक्रबार १३, चैत २०७७ ११:२७ मा प्रकाशित

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस