आज देशभरको माैसम सफा रहने, केही पहाडी भू-भागमा वर्षाको सम्भावना

आज देशभरको माैसम सफा रहने, केही पहाडी भू-भागमा वर्षाको सम्भावना

धनगढी ।  आज देशभरको माैसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। हाल देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित फाटफुट/हल्का वर्षाको सम्भावना रहेको छ।

राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहनेछ। प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित फाटफुट/हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।