डोटी । डोटीमा ट्रयाक्टर दुर्घटना हुँदा २ जना घाइते भएका छन्। शुक्रबार जिल्लाको केआईसिंह गाउँपालिकाको रानागाउँमा लु ३ प २८५३ नम्बरको ट्रयाक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा २ जना घाइते भएको प्रहरीले जनाएको छ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार घाइते हुनेमा डोटीको दिपायल सिलगढी नगरपालिका–१ बस्ने चालक ३२ वर्षीय अशोक बिक र कैलालीको जोशीपुर गाउँपालिका– २ बस्ने सह चालक ३५ वर्षीय अंक्ष चौधरी रहेका छन्। डोटीमा उपचार सम्भव नभएपछि उनीहरुलाई धनगढी रेफर गरिएको छ।