त्रिदेशीय कप फुटबल : बङ्गलादेश र नेपालबीच आज प्रतिष्पर्धा हुँदै

त्रिदेशीय कप फुटबल : बङ्गलादेश र नेपालबीच आज प्रतिष्पर्धा हुँदै

थ्री-नेसन्स कपमा आज नेपालले बंगलादेशसँग खेल्दैछ । पहिलो खेल बराबरीमा रोकिएपछि फाइनल पुग्न नेपालले आज जित्नैपर्ने दबाब छ।

किर्गिस्तानको युवा टोलीविरुद्ध गोलरहित बराबरी खेलेपछि १ अङ्क पाएको नेपालले बङ्गलादेश विरुद्ध पनि कम्तीमा १ अङ्क ल्याए फाइनलमा स्थान सुनिश्चित गर्ने छ। बङ्गलादेशले किर्गिस्तानसँग विजयी हुँदै फाइनलमा आफ्नो स्थान पक्का गरिसकेको छ। 

किर्गिस्तानको युवा टोलीसँग अपेक्षा अनुरूप प्रदर्शन गर्न नसकेपछि नेपाल बङ्गलादेशविरुद्धको खेलमा दबाबमा रहने निश्चित छ। किर्गिस्तानको टोलीलाई जित्ने अपेक्षा गरिएकोमा अग्रपंक्तिका खेलाडीहरूको फितलो प्रदर्शनले गोलरहित बराबरीमा चित्त बुझाउनु परेको थियो। खेल शनिवार साँझ ५स्३० मा दशरथ रंगशालामा हुँदैछ ।