एकैदिन गौरीफन्टा नाका हुँदै सुदूरपश्चिम फर्किएका १० जनामा कोरोना पुष्टि

एकैदिन गौरीफन्टा नाका हुँदै सुदूरपश्चिम फर्किएका १० जनामा कोरोना पुष्टि

धनगढी । गौरीफन्टा नाका हुँदै भारतबाट स्वदेश फर्किएका १० जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिवार १ सय २० जना यो नाका हुँदै सुदूरपश्चिम भित्रिएकोमा १० जनामा संक्रमण पुष्टि भएको गौरीफन्टा हेल्थ डेस्क इन्चार्ज दिनेश ठकुल्लाले बताए ।

भारतमा दोस्रो लहरको कोरोना देखिन्न थालेपछि रोजगारीमा गएका नेपालीहरू धमाधम स्वदेश फर्किने थालेका छन् ।