अछाममा भकारी परियोजना, १३ ओटा वडामा लागू गरिने

अछाममा भकारी परियोजना, १३ ओटा वडामा  लागू गरिने

अछाम ।  अछाममा भकारी परियोजना लागू गरिने भएको छ । जिल्लाका १३ ओटा वडामा परियोजना लागू गरिने भएको हो  । 

कर्णाली जलाधार क्षेत्रमा रहेका संकटासन्न तथा सामाजिक वञ्चितीकरणमा परेका घरधुरीको खाद्य सुरक्षा र उत्थानशीलता क्षमता अभिवृद्धि गर्ने हेतुले परियोजना लागू गर्न लागिएको बताइएको छ । 

परियोजनाले ३ वर्षसम्म कर्णाली नदीको आसपासमा रहेका अछामसहित सुर्खेत, दैलेख, कालिकोट, जुम्ला र मुगु जिल्लाका अति विपन्न २२ हजार ३ सय ५० घरधुरीलाई लक्षित गरी १ करोड ५० लाख डलर लगानी गर्ने जनाइएको छ । अछाममा युएसएड र मर्सीकोरको सहयोगमा वाक नेपालले परियोजना सञ्चालन गर्न लागेको हो ।