बाघको छाला खप्पर र दारा सहित कैलाली बाट एक जना पक्राउ

बाघको छाला खप्पर र दारा सहित कैलाली बाट एक जना पक्राउ

कैलाली । बाघको छाला खप्पर र दारा सहित कैलाली बाट एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दैलेख आठबिस नगरपालिका ३ का ४९ बर्षका बिनि प्रसाद जैसी रहेका छन् । उनलाई जिल्लाको मोहन्याल गाउँपालिका ७ पितमारिमा संघीय इकाइ प्रहरी कार्यालयको सादा पोसाकका प्रहरी टोलिले पक्राउ गरेको हो ।

उनको साथ बाट बाघको छाला एक थान, छुट्टै बाघको खप्पर १ थान र दातको दारा एक थान बरामद गरिएको प्रहरीले जनाएको छ ।