कम उमेरमै किन फुल्छ कपाल ?

कम उमेरमै किन फुल्छ कपाल ?

सामान्यतया उमेर ढल्किदै गएपछि कपाल फुल्न थाल्छ । कपाल फुल्नुलाई बुढ्यौलीको संकेत पनि मानिन्छ । तर, कतिपयको कपाल उमेरै नपुगी फुल्न थाल्छ । यस्तो किन हुन्छ ? उमेरै नपुगी कपाल फुल्नुका कारणहरू के-के छन् ? यो जिज्ञासा धेरैलाई हुन सक्छ । 

३० वर्ष पहिले कपाल फुल्नु भनेको उमेरै नपुगी कपाल फुल्नु हो । यो अस्वभाविक अवस्था हो । त्यो उमेरपछि फुलेको कपाललाई भने समान्य र स्वभाविक मान्न सकिन्छ । उमेर नपुगी कपाल फुल्नुका विभिन्‍न कारण छन् । 
हाम्रो शरीरमा मेलानोसाइटिस नामक कोष हुन्छ । यसले कपाललाई कालो बनाउने काम गर्छ । तर, जब-जब उमेर ढल्किदै जान्छ मेलानोसाइटिसको उत्पादन घट्दै जान्छ । जसककारण उमेर ढल्केसँगै कालो कपाल सेतो हुन थाल्छ । कहिलेकाहिँ विभिन्न कारणले उमेरै नपुगी शरीरमा मेलानोसाइटिस कम हुन्छ । जसकारण उमेरै नपुगी कपाल फुल्न थाल्छ ।
 
त्यस्तै, दीर्घरोगी, धूम्रपान र मद्यपान गर्ने व्यक्ति, अत्याधिक जंकफुड खानेहरूमा पनि उमेरै नपुगी कपाल फुल्ने समस्या देखिन्छ । औषधिको सेवन गर्ने, कपालमा जथाभावी रसायनिक पदार्थ वा हेयर प्रडक्टको प्रयोग गर्नेमा पनि यो समस्या देखिन्छ । हर्मोनमा परिवर्तन, मानसिक तनाव तथा डिप्रेसन र वंशानुगत कारणले पनि उमेरै नपुगी कपाल फुलाउँछ । मुटु, फोक्सो, मिर्गौला, पेटको समस्या आदि हुनेमा पनि छिटो कपाल फुल्न सक्छ । मोटोपन भएका मानिसहरूमा पनि यो समस्या देखा पर्छ ।

 

 

उमेर नपुगी कपाल फुल्ने मुख्य कारणहरू 
१. वंशाणुगत
उमेर नै नपुगी कपाल फुल्नुको कारणमध्ये वंशानुगत कारण एक हो । आमाबुवा वा परिवारका सदस्यमा सानै उमेरमा कपाल फुल्ने समस्या भएमा छोराछोरीमा समेत त्यो देखा पर्न सक्छ । 

२. तनाव
तनावले विशेषगरी हाम्रो मानसिक स्वास्थ्यसँग जोडिएको कुरा हो । तर, यसले मानसिक स्वास्थ्यलाई मात्र नभएर हाम्रो कपाललाई समेत असर गरिरहेको हुन्छ । तनाव लिनेहरूको कपाल अरुको तुलनामा छिट्टै फुल्छ । 

३. भिटामिन बी-१२ को कमी
कम उमेरमा सेतो कपाल हुनुका पछाडि भिटामिन बी-१२ को कमी पनि हो । यस भिटामिनले हाम्रो शरीरमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यसले शरीरलाई उर्जा दिनुको साथै कपालको वृद्धि र त्यसको रंगमा समेत योगदान गरेको हुन्छ । यसको अभावले कपालका कोषहरूलाई कमजोर बनाउँछ । 

४. धुम्रपान
सेतो कपाल र धुम्रपान एकअर्काबीच अन्र्तसम्बन्धित छन् । धुम्रपानले फोक्सोको क्यान्सर, ह्दयसम्बधि रोग मात्रै निम्त्याउँदैन । यसले कपाललाई पनि असर गरिरहेको हुन्छ । धूम्रपान, गुट्खा र मदिरा सेवनले कपाल चाँडो फुलाउँछ । 

समाधान के ?