कोरोना संक्रमण बढेसँगै भारतको महाराष्ट्रमा रात्रिकालीन कर्फ्यु

कोरोना संक्रमण बढेसँगै भारतको महाराष्ट्रमा रात्रिकालीन कर्फ्यु

भारतको महाराष्ट्र राज्यमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढेसँगै रात्रिकालीन कर्फ्यु लगाइएको छ । महाराष्ट्र सरकारले अप्रिल १५ सम्म लागू हुनेगरी बेलुका ८ बजेदेखि बिहान सात बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ ।

यसका साथै पाँचजनाभन्दा बढीलाई सार्वजनिक स्थलमा भेला हुन रोक लगाइएको छ । मुम्बईका मेयर किशोर पेड्नेकरले पछिल्लो समय झुडपबस्तीभन्दा पनि आवासीय भवनहरुमा कोरोना संक्रमण दर उच्च देखिएकाले आवश्यक काममा मात्र घरबाहिर निस्किन आग्रह गरेका छन् ।

पछिल्लो समय उच्च दरमा कोरोना संक्रमित बढेसँगै मुम्बईका अस्पतालहरुमा आईसीयू बेड अभाव हुने सम्भावना देखिकएको अधिकारीहरुले बताएका छन् । भारतका अन्य राज्यहरु केरला, पञ्जाब, कर्नाटक, गुजरात, तामिलनाडू, हरियाणा र मध्य प्रदेशमा पनि कोरोना संक्रमण बढिरहेको छ ।

आइतबार भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ६२ हजार ७१२ नयाँ संक्रमित फेला परेका छन् भने ३१२ जनाको मृत्यु भएको छ ।